जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सनराइज बैंक बन्यो युपीआई नेपालको सदस्य

सनराइज बैंक बन्यो युपीआई नेपालको सदस्य

सनराइज बैंकले युनीफाईड पेमेन्ट इन्टरफेस नेपालसगँ अन्तरआबद्धता रहेको गेट वे पेमेन्ट सर्भिस प्रा.लि. संग सम्झौता गरेको छ। सम्झौतामा सनराइज बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा गेट वे पेमेन्ट सर्भिस प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार प्रथम चरणमा भारतमा रहेका नेपालीले युपीआई मार्फत सनराइज बैंकमा रहेकै बैंकखातामा सोझै रकमान्तर गर्न एवं भारतिय पर्यटकले बैंकका मर्चेन्टहरुमा भारतिय बैंककै एप मार्फत क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् । यस सेवाले भारतबाट प्राप्त हुने बिप्रेषण सेवा लाई अझ प्रभावकारी बनाउन मदत गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले २५,००० भन्दा बढी मर्चेन्ट नेटवर्क, १५९ एटिएम , १३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९५ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ।

4080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका