साधारण सभा
सनराइज क्यापिटलको १२औं वार्षिक साधारण सभा, सेयरधनीलाई २५ % लाभांश दिने प्रस्ताव पारित
0 टिप्पणी
सनराइज क्यापिटलको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०७८/०७९को मुनाफाबाट लगानीकर्तालाई २५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साधारणसभामा आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गरिएको थियो।
सोही अवधिको असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आ.व. २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति गरी उनको पारिश्रमिक समेत निर्धारणको प्रस्ताव पारित गरिएको बताइएको छ।
सनराइज क्यापिटल सनराइज बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो