जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकद्वारा धुलाबारी झापामा १२१औं शाखा सञ्चालन

एभरेष्ट बैंकद्वारा धुलाबारी झापामा १२१औं शाखा सञ्चालन

एभरेष्ट बैंक लिमिटेडले झापाको धुलाबारीमा आफ्नो १२१ औं शाखा उद्घाटन गरेको छ । सो शाखाको उदघाटन मेचिनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त शाखाको उद्घाटन गरेका छन् ।

उक्त उद्घाटन समारोहमा धुलाबारी उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्लसिना, चेम्बर अफकमर्श धुलाबारीका अध्यक्ष रविन बस्नेत, मेचिनगर नगरपालिका वडा नं. १० का अध्यक्ष नारायण खनाल, नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक  ज्ञानकुमार महतो, बैंकका प्रदेश नं. १ का प्रादेशिक–प्रबन्धक जनक प्रसाद चापागाई तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेती,लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यसै उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले धुलाबारीका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने विचार व्यक्त गरेका छन् । यो संगै प्रदेश नं. १ मा बैंकको शाखा सञ्जाल १८ पुगेको छ । साथै सो अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेचिनगर नगरपालिकाको फोहोर व्यवस्थापको सहयोगार्थ सो नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीलाई ५० थान डस्टबिन हस्तान्तरण गरेको छ ।

4390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्