जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • स्मार्ट क्यूआर प्रयोगमा स्मार्टच्वाइस टेक्नोलोजिज र सनराइज बैंकबीच सम्झौता

स्मार्ट क्यूआर प्रयोगमा स्मार्टच्वाइस टेक्नोलोजिज र सनराइज बैंकबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सनराइज बैंक लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यावसायिक सम्झौता भएको छ।

सेवा विविधिकरणको यो नयाँ आयामपश्चात सनराइज बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप सनराइज स्मार्ट प्लस प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआरमार्फत गर्न सकिनेछ।

सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कायकारी अधिकृत नारायणप्रकाश भुजु र बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ दिलीप मैनालीले हस्ताक्षर गरेका छन्।

4080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका