
नेपाल राष्ट्र बैंकले ४ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ बराबरको नोटहरु जलाएको छ।
राष्ट्र बैंकले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै चलनचल्तिमा पठाउन अयोग्य नोटहरु जलाएको जनाएको छ।
सबैभन्दा बढि थान ५० रुपैयाँ दरका नोट जलाएको छ। ६१ लाख ८३ हजार थान ५० रुपैयाँ दरका नोट जलाएको हो।
त्यपछि १०० रुपैयाँ दरका नोट बढि जलाएको छ। १०० रुपैयाँ दरका ५५ लाख ७४ हजार थान जलाएको हो। मूल्यका हिसाबले भने एक हजार दरका नोट बढि जलाएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































