जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • यूनियन लाइफको साधारणसभा आह्वान

यूनियन लाइफको साधारणसभा आह्वान

यूनियन लाइफ इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । माघ २६ गते टाइगर प्यालेस रिसोर्ट, भैरहवा रुपन्देहीमा बिहान साढे १० बजे पाँचौ वार्षिक साधारणसभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको ८.९७ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले संस्थापक समूह र सर्वसाधारण समूहको सेयर अनुपात ७०ः३० बाट परिणत गरी ५१ः४९ कायम गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै, सभाले यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने सम्बन्धमा भएको सम्झौतापत्र, सेयर कारोबार रोक्का राख्ने गरी भएको निर्णय तथा कम्पनीको डिडिए गर्न लेखापरीक्षक नियुक्त गर्ने सम्बन्धि सञ्चालक समितिले गरेको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले माघ १६ गते एक दिनका लागि बुकक्लोज निर्णय गरेको छ । जसअनुसार माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

4885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?