बैंकिङ्ग
ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम४ मोबाइल जित्ने मौका
0 टिप्पणी
ग्लोबल आईएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत बैंकका ग्राहकहरुले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैयाँ खर्च गरेर सामसुङ ग्यालेक्सी एम४ मोबाइल फोन जित्न सक्नेछन् ।
बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना ५-७ चैतसम्म मान्य रहनेछ ।
यस योजनाको अन्त्यमा, बैंकको डेबिट/क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिनेछ । छनोट भएका एक भाग्यशाली विजेताले १ रुपैयाँमै सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन पाउनेछन् ।
यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानी (इ–कमर्स)लाई प्रवर्द्धन गर्नु रहेको बैंकले जनाएको छ ।