जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • लक्ष्मी केयर्सको ‘अरेन्ज भाइब्स–२०२३’मा उत्साहजनक सहभागिता

लक्ष्मी केयर्सको ‘अरेन्ज भाइब्स–२०२३’मा उत्साहजनक सहभागिता

लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गैरनाफामूलक संस्था लक्ष्मी केयर्सले अरेन्ज भाइब्स नामक सांगितिक कार्यक्रम आयोजना गरेको छ।

गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित उक्त कार्यक्रममा दीपक बज्राचार्य र रिद्म ब्यान्डको सांगीतिक प्रस्तुतिका साथसाथै नेपालका विभिन्न स्थान तथा संस्कृतिको प्रतिनिधित्व गर्ने मौलिक परिकार प्रस्तुत गरिएको थियो। कार्यक्रमको विशेष अतिथिस्वरुप प्रख्यात सेफ सन्तोष साहको समेत उपस्थिति थियो।

कार्यक्रममा विभिन्न पेसा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका १ हजार २०० भन्दा बढी हितैशीको उपस्थिति थियो।

कार्यक्रमबाट संकलित रकम लक्ष्मी केयर्सको वातावरण संरक्षण तथा नविकरणीय ऊर्जा प्रवर्द्धनलगायतका विविध सामाजिक कार्यमा उपयोग हुनेछ। यसअघि लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढीमाई मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षरोपण गरेको छ।

3215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?