जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • गुडविल फाइनान्सको नाफामा भारी गिरावट, वितरणयोग्य मुनाफा पनि ऋणात्मक

गुडविल फाइनान्सको नाफामा भारी गिरावट, वितरणयोग्य मुनाफा पनि ऋणात्मक

गुडविल फाइनान्स लिमिटेडको नाफामा भारी गिरावट छ। फाइनान्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्म नौ महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो।

गत वर्षको सोही अवधिका तुलनामा कम्पनीको नाफा घटेको छ। कम्पनीले आइतबार चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो।

वित्तीय विवरणअनुसार कम्पनीले चैत मसान्तसम्म १ करोड ९९ लाख खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१.९६ प्रतिशतले कम हो। गत वर्षको सो अवधिमा कम्पनीले ११ करोडमाथि खुद नाफा आर्जन गरेको थियो।

निक्षेप संकलनमा भने सुधार देखिएको छ। चैत मसान्तसम्म फाइनान्स कम्पनीले ११ अर्बभन्दा बढी निक्षेप संकलन गरेको छ। गत वर्षको सोही अवधिमा १० अर्ब ९४ करोड हाराहारी निक्षेप संकलन गरेको थियो। गत वर्षको तुलनामा कम्पनीको निक्षेप २.८१ प्रतिशतले बढेको हो।

good-will-finance.jpg

यस्तै अघिल्लो मसान्तको तुलनामा फाइनान्स कम्पनीको जगेडा कोष ३९.१६ प्रतिशत, खुद फी आम्दानी ३२.८८ प्रतिशत र प्रति सेयर आम्दानी ७१.५७ प्रतिशत ले घटेको छ।

साथै नाफा घट्दा फाइनान्सको चैत मसान्तसम्मको वितरणयोग्य मुनाफा पनि ऋणात्मक देखिएको छ।

हाल फाइनान्सको कर्जा निक्षेप अनुपात ८५.५६ प्रतिशत, बेस रेट १२.६५ प्रतिशत, स्प्रेड रेट ४.८८ प्रतिशत, प्रति सेयर आम्दानी २.८२ रुपैयाँ, प्रति सेयर नेटव

5450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका