जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • हिमालयन बैंकद्धारा चाइल्ड हेल्थलाई २० लाख आर्थिक सहयोग

हिमालयन बैंकद्धारा चाइल्ड हेल्थलाई २० लाख आर्थिक सहयोग

हिमालयन बैंक लिमिटेडले काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चाइल्ड हेल्थलाई  बाल अस्पताल निर्माण गर्नका लागि रुपैयाँ २० लाखको आर्थिक सहयोग प्रदान गरेको हो ।

सन् २०१७ सालमा स्थापना भएको काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थ, एक गैर नाफा मुलक संस्थाका रुपमा सबैका बाल–बच्चाहरुका लागि सुलभ मूल्यमा सहज ढङ्गले उच्च गुणस्तरको बाल स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अग्रसर रहेको छ । सो संस्थाले दमकमा पनि बाल अस्पताल संचालनमा ल्याइ सेवा प्रदान गरेको छ । उक्त संस्थाको सत्कर्मलाई आत्मसाथ गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको हो ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो संस्थाका अध्यक्ष प्रो.डा. भगवान कोइरालालाई सो रकम बंैकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा एक समारोहका बीच हस्तान्तरण गरो थिए ।

3180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?