नयाँ सारथी लघुवित्त र विजय लघुवित्तले नेपाल राष्ट्र बैंकबाट मर्जरको लागि अन्तिम स्वीकृति पाएका छन् । राष्ट्र बैंकले असार १५ गते यी दुई संस्थालाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो ।
मर्जरको अन्तिम स्वीकृति पाएसंगै अब यी दुई संस्थाले एक महिना भित्र एकिकृत कारोबार सुरु गर्नु पर्ने छ । विजय लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु गर्नु पर्ने छ ।
यी दुई संस्थाबीच मङ्सिर २७ गते मर्जरको लागि सम्झौता भएको थियो । नयाँ सारथी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको धुलिखेलमा रहेको छ भने विजय लघुवित्तको केन्द्रिय कार्यालय नवलपरासीको गैडाकोटमा रहेको छ । मर्जरपछि बन्ने विजय लघुवित्तको केन्द्रीय कार्यलय धुलिखेलमा रहने छ ।