जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • बैंकर्स संघ र जीवन बीमक संघबीच सम्झौता

बैंकर्स संघ र जीवन बीमक संघबीच सम्झौता

नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपाल बीच एक सम्झौता पत्रमा  हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के. सी. तथा जीवन बीमक संघ नेपालका तर्फबाट संघका अध्यक्ष पोषक राज पौडेलले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताले बैंक तथा बीमा क्षेत्र बीच आपसी समन्वय स्थापना गरी एक आपसमा तथ्याङ्कहरु, सूचना तथा  जानकारीहरु आदान प्रदान गर्ने, नीतिगत तहका विषयहरुमा अध्ययन अनुसन्धान गर्ने तथा पारस्पारिक लाभका विषयहरुको पहिचान गरी अघि बढ्ने लक्ष्य लिएको संघले जनाएको छ ।

3095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका