प्रभु बैंकले आकर्षक ब्याजदर विभिन्न सुविधासहितको प्रभु शताब्दी बचत खाता संचालनमा ल्याएको छ ।
उच्च प्रतिफल र अधिकतम बीमा सुविधासहित खाता बैंकले संचालनमा ल्याएको हो ।
सो बचत खातामा चार वटा नि:शुल्क सुविधाहरु उपलब्ध हुने बैंकले जनाएको छ । बैंकका अनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ्ग, भिसा डेविट कार्ड र लकर सेवा नि:शुल्क रुपमा उपलब्ध हुनेछ । यसका साथै बैंकले अधिकतम बीमा सुविधा पनि प्रदान गर्ने भएको छ ।
बैंकले ११ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने जनाएको छ। सो बीमा सुविधा अन्तर्गत औषधोपचार बीमा १ लाख रुपैयाँसम्म, १८ घातक रोग विरुद्धको १ लाखसम्मको बीमा सुविधा हुनेछ । बैंकका अनुसार दुर्घटना बीमामा भने ९ लाख रपैयाँसम्म र स्वदेश तथा विदेशको उपचार खर्च दावी गर्न सकिने बैंकले जनाएको छ ।