जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • छुटेको लाभांश बुझिलिन आउन प्रभु बैंकको आग्रह

छुटेको लाभांश बुझिलिन आउन प्रभु बैंकको आग्रह

प्रभु बैंकले छुटेको लाभांश लिन बाँकी सेयरधनीहरुलाई बुझिलिन आग्रह गरेको छ। बैंकले आज एक सूचना प्रकाशित गरी साबिक सेञ्चुरी कमर्सियल बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सको विभिन्न साधारणसभाबाट पारित नगद लाभांश लिन बाँकी सेयरधनीहरुलाई भुक्तानी लिन आउन आग्रह गरेको हो। हाल यी बैंक तथा वित्तीय संस्था प्रभु बैंकका गाभिएका छन्।

छुटेका नगद लाभांश संकलन गर्न आवश्यक कागजपत्रसहित काठमाण्डौको कमलादीस्थित सेयर रजिस्ट्रार प्रभु क्यापिटलमा सम्पर्क गर्न पनि प्रभु बैंकले आग्रह गरेको छ।

नगद लाभांश लिन बाँकी सेयरधनीहरुको नाम, नामेसीसहितको विस्तृत विवरण बैंकको वेबसाइटमा पनि हेर्न सकिने सूचनामा उल्लेख छ।

3570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?