जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई आर्थिक सहयोग

हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई आर्थिक सहयोग

हिमालयन बैंक लिमिटेडले महाराजगन्जस्थित कान्ति बाल अस्पताललाई आफ्ना संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

बैंकले प्रदान गरेको उक्त रकम कान्ति बाल अस्पतालले आफ्नो मुख्य प्रवेशद्वार निर्माण गर्न तथा अस्पताल हाताभित्र रहेको बाल उद्यान तथा त्यसवरपरको क्षेत्रको सौन्दर्यीकरण गर्न खर्च गर्नेछ।

कान्ति बाल अस्पतालमा आज आयोजित एक समारोहका बीच उक्त रकम प्रदान गर्ने सहमति भएको हो। समारोहमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष डा. बाबुराम गौतमलाई उक्त प्रतिबद्धतापत्र प्रदान गरेका हुन्।

कार्यक्रममा अस्पतालका निर्देशक डा. युवानिधि बसौला, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडा, विजयमान नकर्मी, बैंकका महाराजगन्ज शाखाका प्रमुख अभयबहादुर शाहलगायत बैंक र अस्पतालका अन्य कर्मचारीको उपस्थिति थियो।

प्रमुख कार्यकारी अधिकृत राणाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा विगतका वर्षहरुमा पनि सहयोग गर्दै आइरहेको तथा भविष्यमा पनि समाजको अतिआवश्यक क्षेत्रमा निरन्तर सहयोग प्रदान गर्ने बताए।

अस्पताल विकास समितिका अध्यक्ष गौतमले बैंकले कान्ति बाल अस्पताललाई प्रवेशद्वार निर्माण तथा उद्यानको सौन्दर्यीकरणका लागि गरेको आर्थिक सहयोगको लागि धन्यवाद दिए।

3220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?