जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • बैंकिङ कसुर तथा सजाय संशोधन विधेयक २०८०’ संसदमा पेस 

बैंकिङ कसुर तथा सजाय संशोधन विधेयक २०८०’ संसदमा पेस 

‘बैंकिङ कसुर तथा सजाय ऐन २०६४’ को दोस्रो संशोधनसम्बन्धी विधेयक २०८० संसदमा पेस भएको छ।

आइतबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ऐन संशोधनसम्बन्धी विधेयक २०८० पेस गरेका हुन्।

मन्त्री गुरुङले अर्थमन्त्री डा. प्रकाशशरण महतका तर्फबाट विधेयक संशोधनको प्रस्ताव पेस गरेका हुन्। उक्त विधेयक संशोधनमा सांसद प्रेम सुवालले असहमति जनाएका थिए।

तर, बहुमत सांसदले विधेयक संशोधन गर्नुपर्ने जनाएपछि सभामुख देवराज घिमिरेले संसदमा मन्त्री गुरुङलाई विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए।

3775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्