जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए पद तथा गोपनियताको शपथ

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए पद तथा गोपनियताको शपथ

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

कम्पनीको गत मंसिर ७ गते बिहीबार बसेको ४९१ औं सञ्चालक समितिको बैंठकले उनलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो ।

यसका अतिरिक्त व्यवसायीको रुपमा स्थापित उनी भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहेका छन्

3470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्