जोडिनुहोस
सोमवार, मंसिर १०, २०८१
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको ‘भिजा स्क्यान टु पे’ : कार्डको प्रयोग बिनै पेमेण्ट गर्न सकिने

ग्लोबल आइएमई बैंकको ‘भिजा स्क्यान टु पे’ : कार्डको प्रयोग बिनै पेमेण्ट गर्न सकिने

ग्लोबल आइएमई बैंकले ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुरुवात गरेको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ग्लोेबल आइएमई बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरेको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेप्सका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुङ्गानाले क्युआर स्क्यान गरी प्रथम कारोबारसहित उक्त सेवाको संयुक्तरुपमा शुभारम्भ गरेका हुन् ।

उक्त प्रविधिमार्फत बैंकका भिजा कार्डवाहक ग्राहकहरुले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोवल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत कुनैपनि पेमेण्ट गर्न सक्नेछन् । भिजा स्क्यान टु पे एउटा कार्ड–देखि–व्यापारी भुक्तानी सेवा हो । जहाँ कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका लेनदेन बैंकिङ बिक्री र व्यापारका प्रमुख प्रकाश पौडेलले यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोशेढुङ्गा सावित हुने बताए । उनले प्रविधिको विकासका साथसाथै यसको प्रयोग पनि बढ्दै जाने आशा व्यक्त गरे ।

अब ग्लोबल आइएमई बैंकका भिजा कार्डवाहक ग्राहकहरुले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत कुनैपनि पेमेण्ट गर्न सक्नेछन् ।

1310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका