जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा सरसफाई तथा डस्टबिन हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा सरसफाई तथा डस्टबिन हस्तान्तरण

कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई तथा डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीले आफ्नो शाखा कार्यालय बिर्तामोड, झापामार्फत् हिमशिखर टोल विकास संस्थालाई १० थान डस्टबिन हस्तान्तरण गर्नुका साथै सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा कम्पनीको शाखा कार्यालय बिर्तामोडका शाखा प्रमुख मोदनाथ गुरागाई, हिमशिखर टोल विकास संस्थाको अध्यक्ष देवराज प्रसाईलगायत स्थानीय संघसंस्थाहरूका प्रतिनिधि तथा बैंकका कर्मचारीहरुको उपस्थिति थियो ।

कम्पनीले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने बताएको छ ।

3095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका