जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • जाडो मौसमको प्रकोपबाट गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस

जाडो मौसमको प्रकोपबाट गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस

नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आगामी पुस २४ गतेदेखि २६ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’ को आयोजना गर्ने भएको छ ।

जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्न सक्ने भन्दै कम्पनीले यो विषयमा जानकारी गराउन र ग्राहकको गाडीलाई राम्रो अवस्थामा राखि राख्न क्याम्प सञ्चालन हुन लागेको बताएको छ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले गाडीको सर्भिसमा आकर्षक छूट र अन्य अफर पाउनुनको साथै लक्की ड्रमार्फत् वर्षभरीको लागि पार्टस् र कन्जुमेबल्ससहितको सर्भिस प्याकेज पनि जीत्न सक्नेछन्।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी र हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन् ।

त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत छूट पाइनेछ ।

यसका साथै ग्राहकले पाट्र्स र एसोसरिजमा १० प्रतिशत छूट पाउने छन् भने लेवर चार्जमा पनि २० प्रतिशत छूट पाउने छन् ।

सुजुकीको विन्टरसर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुने पनि कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

4865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका