जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नबिल बैंकको सहयोगमा डिजिटल साक्षरता तालिम सम्पन्न

नबिल बैंकको सहयोगमा डिजिटल साक्षरता तालिम सम्पन्न

नबिल बैंकको सहयोगमा ‘डिजिटल साक्षरता अभिवृद्धि’ सम्बन्धी तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रमम २४ जना गृहिणी महिला दिदीबहिनीहरूको सहभागिता रहेको थियो । काठमाडौ महानगरपालिका वडा नं.–५ मा ३ दिनसम्म सञ्चालन भएको उक्त तालिमबाट प्रशिक्षार्थीहरूले मोबाइल बैंकिङका साथै विभिन्न वालेटमार्फत दैनिक उपभोग्य सामग्री खरिददेखि धारा, बत्ती, फोन, स्कूल तथा कलेजको शुल्क तिर्न सिक्नुका साथै डिजिटल्ली पैसा भुक्तानी गर्न सिकेका हुन् ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा.नं–५ का वडा अध्यक्ष विरेन्द्र प्रजापतिले नबिलले दिदीबहिनीलाई सिकाएको यो ज्ञानलाई पूर्ण रुपमा अभ्यास गर्नको लागि आफ्नो आयस्रोत पनि बढाउनु पर्ने बताए । ‘म वडामा उद्यमशीलताको विकास गर्न चाहन्छु’, उनले भने ‘पैसाको कारोबार गर्नको लागि आयआर्जन हुने बाटो तय गर्दैछु ।’

कार्यक्रममा कामपा–५ का निवर्तमान वडा अध्यक्ष रमेश डंगोलले डिजिटल युगमा वित्तीय शिक्षाको महत्व भएको बताए । ‘अहिले मोबाइल चलाउँदा सबै कुरा त्यसैभित्र छ’ उनले भने ‘आफूले प्रयोग गर्नु र आफूले सिकेको ज्ञान घरका सदस्यलाई पनि सिकाउनु पर्छ ।’ उक्त तालिमको आयोजना त्रिशक्ति महिला समूहले गरेको थियो ।

डिजिटल साक्षरता कार्यक्रममा नेपाल बैंकको उप निर्देशक सुधा श्रेष्ठले वित्तीय साक्षरताका डिजिटल ठगीबाट हुने ठगीबाट बच्ने उपायका वारेमा प्रशिक्षण दिएकी थिइन । ‘महिला दिदी बहिनीहरूले तालिमबाट सिकेको ज्ञान दैनिक प्रयोगमा ल्याउनुपर्छ’, उनले भनिन् ‘नत्र एक पटक सिकेको ज्ञान अभ्यास नभए हामीले बिर्सिदै जान्छौं ।’
‘तालिममा सिकेको ज्ञान व्यवहारमा उतार्नु हुन्छ भन्ने मैले अपेक्षा गरेको छु’, उनले भनिन् ‘डिजिटल कारोबार गर्दा हामी सचेत भएनौ भने जोखिम पनि निम्तन सक्छ, त्यसका लागि जोगिएर कारोबार गर्नुपर्छ ।’ अब कुनै पनि भुक्तानी गर्दा मोबाइलबाटै भुक्तानी गर्नु हुन्छ भन्ने मैले विश्वास लिएको छु ।’ प्रशिक्षण कार्यक्रममा नबिल बैंकको पनि सहभागिता रहेको थियो ।

3155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका