जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकद्वारा क्रस बोर्डर व्यवसायिक भुक्तानी सेवा सुरु

सिटिजन्स बैंकद्वारा क्रस बोर्डर व्यवसायिक भुक्तानी सेवा सुरु

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोन पे नेटवर्कसँगको सहकार्यमा क्रस बोर्डर व्यवसायिक भुक्तानी सेवा सुरु गरेको छ । यस सेवा अन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंकमार्फत क्यूआर भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोबार गर्दा भारतीय एपमार्फत भुक्तानी गर्न सकिने छ ।

हाललाई यस्तो सेवा भारतीय एप भिम र फोनपे एपमार्फत नेपालस्थित सिटिजन्स बैंकका फोनपे क्यूआरमार्फत गर्न सकिने भए पनि भविष्यमा बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत भारतमा समेत कारेबार गर्न मिल्ने व्यवस्था गर्न लागिएको बैंकले जनाएको छ।

यसका साथै सिटिजन्स बैंककै मोबाइल बैकिंङ्ग प्रयोग गरि भारतमा र भारतबाट सिटिजन्स बैंकका खातामा समेत रकमान्तर गर्न मिल्ने गरि कार्य भइरहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट १७ लाख २६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

4295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्