जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • विज्ञप्ति फिर्ता लिएर दाबी भुक्तानी सुरु गर्न निर्जीवन बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

विज्ञप्ति फिर्ता लिएर दाबी भुक्तानी सुरु गर्न निर्जीवन बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

नेपाल बीमा प्राधिकरणले नेपाल बीमक संघलाई आज जारी गरेको विज्ञप्ति फिर्ता लिन निर्देशन दिएको छ। साथै आगामी दिनमा बीमा बजारमा भ्रम सिर्जना हुने तथा बीमाको विश्वसनियतामा नै असर पर्ने खालका विज्ञप्ति एंव सूचना सम्प्रेषण नगर्न समेत भनेको छ ।

नेपाल बीमक संघले आज जारी गरेको कृषि बीमा सम्बन्धी विज्ञाप्तिबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ। कृषि तथा पशुपन्छीं बीमा व्यवसायलाई भरपर्दो र विश्वसनीय बनाउने तथा नेपाल सरकारबाट प्राप्त हुन बाँकी अनुदान रकम यथाशीघ्र उपलब्ध गराउने विषयमा नेपाल सरकार कृषि तथा पशुपन्छीं विकास मन्त्रालयसंग बारम्बार समन्वय तथा पहल भईरहेको र निकट भविष्यमा रकम प्राप्त हुने नै हुदाँ तत्काल उक्त विज्ञप्ति फिर्ता लिन प्राधिकरणले निर्देशन दिएको हो। साथै कृषि तथा पशुपन्छी बीमा व्यवसाय तथा दावी भुक्तानी सुचारु गर्न पनि प्राधिकरणले भनेको छ ।

3480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका