जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रभु बैंकले झापामा विस्तार गर्‍यो सञ्जाल, दुर्गापुरमा संचालनमा आयो ३१४औँ शाखा

प्रभु बैंकले झापामा विस्तार गर्‍यो सञ्जाल, दुर्गापुरमा संचालनमा आयो ३१४औँ शाखा

प्रभु बैंकले झापामा शाखा विस्तार गरेको छ। झापाको कनकाई नगरपालिका-७ दुर्गापुरमा नयाँ शाखा संचालनमा आएको बैंकले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएको छ।

दुर्गापुरमा झापाको पाँचौं र देशभरमा ३१४औँ शाखा संचालनमा आएको बैंकले जनाएको छ। बैंकका संचालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गरेका छन्।

कार्यक्रममा कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई-७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, कनकाई-८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा लगायतले सफलताको शुभकामना व्यक्त गरे।

बैंकका कोशी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यसक्षेत्रको आर्थिक चलायमान बनाउन बैंक शाखा संचालनमा आएको बताए।

3010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका