जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सेञ्चुरी र प्राइम बैंक मर्जरको नजिक

बैंकिङ्ग

सेञ्चुरी र प्राइम बैंक मर्जरको नजिक

कैलाशसंगको मर्जर टुट्दै

सेञ्चुरी र प्राइम बैंक मर्जरको नजिक

पछिल्लो समय प्राइम कमर्सिलय बैंक लिमिटेड चर्चाको विषय बन्दै गएको छ । सीइओ नियुक्ति देखि मर्जरको चर्चाले प्राइम बैंक सधै चर्चामा रहेको छ । यति मात्रै होइन कल डिपोजिटमा २३÷२४ प्रतिशत पैसा जम्मा गरेको प्राइम बैंक राष्ट्र बैंकको पछिल्लो निगरानीमा रहेको खुलेको छ । प्राइम बैंकलाई कसरी कारवाही गर्ने भन्ने बारे पटक÷पटक राष्ट्र बैंकको बोर्डमा छलफल भएको उच्च स्रोतको दाबी छ ।

प्राइम बैंकसंग मर्जरको सहमती गर्दा कैलास विकास बैंकले साधारण सभाबाट स्वीकृत नलिएको खुलेपछि केही सञ्चालक र शेयरधनीहरुले कुनैपनि हालतमा मर्जर सफल हुन नदिने रणनीति बनाएको एक सञ्चालकले आर्थिक बजार न्यूज डटकमसंग बताए । यता एउटै परिवार सञ्चालक समुह भएको प्राइम बैंक र सेञ्चुरी बैंक मर्जरको नजिक पुगेको एक सञ्चालकले बताए ।

असार २० गते प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ति (एक्वायर) गर्ने सम्झौतापत्रमा हस्ताक्षर भयो ।

सम्झौतापत्रमा प्राइम र कैलाश विकास बैंकले साधारणसभाको म्यान्डेट अनुसार एक्विजेशन पत्रमा हस्ताक्षर गरेको कुरा उल्लेख गरेका छन् ।

प्राइम बैंकको ११औं साधारणसभाबाट प्राप्त गरेको म्यान्डेट र कैलाश विकास बैंकको २५औं साधारणसभाको म्यान्डेट अनुसार एक्विजेशन भएको सम्झौतापत्रमा देखिन्छ ।
प्राइम बैंकको ११औं साधारणसभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजेशन गर्नको लागि अख्तियारी दिएको देखिन्छ ।

तर, कैलाश विकास बैंकको साधारणसभा भने मर्जर हुने र कैलाश विकास बैंकले आफ्नोमा अन्य बैंक तथा वित्तीय संस्था एक्वायर गर्ने विशेष प्रस्ताव पारित गरेको देखिन्छ ।
२०७५ पुस २२ गते सम्पन्न कैलाशको साधारणसभाले कुनैपनि बैंक तथा वित्तीय संस्थालाई कैलाशमा एक्विजेशनको लागि अख्तियारी दिएपनि कैलाश अर्कोमा एक्वाएर गर्नको लागि अनुमति दिएको छैन । र माइनेटमा देखिदैन ।
साधारणसभाको अनुमतिबिनै कैलाश विकास बैंकको सञ्चालक समितिले प्राइम बैंकसँग एक्विजिसनको सम्झौता गरेको भन्दै सेयरधनीहरुले आपत्ति जनाएका छन् । सेयरधनीहरुले आपत्ति जनाएसँगै प्राइम र कैलाशको मर्जर प्रक्रिया भाँडिने खतरा देखिएको छ ।

प्राइम बैंकले ओम डेभलपमेन्ट बैंकसँग एक्विजेशनको सम्झौता भंग भएपछि कैलाशलाई एक्वाएर गर्ने सम्झौता गरेको देखिन्छ ।
कैलाशका सेयरधनीहरुले साधारणसभाको माइन्यूट बिपरित सञ्चालक समितिले एक्विजिशनमा जाने निर्णय गरेको भन्दै आवाज बुलन्द बनाउन थालेपछि समस्या उत्पन्न भएको देखिन्छ ।
फेरि साधारणसभा बोलाएर एक्विजिसनमा जाने प्रस्ताव पारित भएपछि मात्रै प्राइम र कैलाशको मर्जर सम्झौताले बैधानिकता पाउने केही सञ्चालक र शेयरधनीहरुको तर्क छ ।

मौद्रिक नीतिमा ‘फोर्स मर्जरको नीति’ नै नल्याए पनि राष्ट्रबैंकले सर्कुलरमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर गरी ठूलो साइजको बन्नुपर्ने र क्रस होल्डिङ भएका सेयरधनीहरुको विवरण संकलन गरी पहिलो चरणमा एउटै परिवारका विभिन्न बैंकमा भएको लगानीलाई टार्गेट गरी जुनसुकै बेला मर्जरमा जानसक्ने निर्देशन आउनसक्ने विश्लेषणसहित बैंकरहरु भित्रभित्रै संभावित मर्जरको छलफलमा छन् भन्दा फरक पर्दैन ।
लामो समयदेखि यस्तै छलफलमा सहभागी प्राइम कमर्सियल बैंक र सेञ्चुरी बैंकका मुख्य संचालकहरु आपसमा मर्ज भई अगाडि बढ्ने विषयमा लगभग सहमतिनजिक पुगेको एक सञ्चालकको दाबी छ ।

उनी भनेः– दुई बैंकका केही मुख्य प्रमोटर उही र एउटै परिवारका छन् । यसकारण समेत यी दुई बैंकका संचालकहरुको छलफल अपेक्षा गरिएभन्दा बढी नै सकारात्मक रुपमा अगाडि बढिरहेको छ । अब मर्जर हुने निश्चित जस्तो भएको छ ।
स्रोतका अनुसार कैलाश विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबारको समय टुंगो लगाएपछि प्राइम र सेञ्चुरीबीच मर्जरको सम्झौता हुनसक्ने संभावना देखिएको देखिन्छ ।

एक सञ्चालकले भनेः– दुई बैंकका संचालकबीच मिल्नै नसक्ने ठूला विषय केही पनि छैनन् । धेरै कुरा तथा प्रस्ताव समान छन् । सेञ्चुरीले सकेसम्म चाँडो एमओयू गर्नुपर्ने भनिरहेको छ । राष्ट्रबैंकले नाम तोकेरै निर्देशन दिनुअघि नै मर्जरको सहमति गरिनुपर्नेमा जोड गरिरहेको उनीको दाबी छ ।

सेञ्चुरीका संचालक सकेसम्म राम्रो सेयर स्वाप रेसियो पाए हिमालयन बैंकसँगै मर्जरमा जान चाहेका छन् । तर, राम्रो प्रस्ताव आए प्राइमसँगै पनि जान उनीहरुलाई गाह्रो देखिदैन ।
‘कसले कति सम्मानजनक ढंगले प्रस्ताव गर्छ भन्ने कुरा हाम्रा लागि महत्वपूर्ण हो ।’ सेञ्चुरीका एक संचालकले भने–‘प्राइमले जसरी कैलाशलाई निकै सम्मानजनक ढंगले लग्यो, प्राइमले हामीलाई पनि त्यस्तै अवसर दिए हामी ऊसँग पनि मर्जर गर्न सक्ने छौं । जे भए पनि दुई बैंक मर्जर हुने कुरामा दुई मत देखिदैन तर समयले कहाँ पु¥याउने हो । त्यो भन्न सक्ने अवस्था भने छैन ।

 

18385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका