जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • वाणिज्य बैंकको रिपोर्ट: लाभांश क्षमतामा एभरेष्ट अगाडि, इपीएसमा चाहिँ स्ट्याण्डर्ड चार्टर्ड

वाणिज्य बैंकको रिपोर्ट: लाभांश क्षमतामा एभरेष्ट अगाडि, इपीएसमा चाहिँ स्ट्याण्डर्ड चार्टर्ड

 वाणिज्य बैंकहरुमध्ये आर्थिक वर्ष २०८०-८१ का लागि सबैभन्दा आकर्षक लाभांश एभरेष्ट बैंकले बाँड्नसक्ने देखिएको छ । 

प्रतिसेयर आम्दानीतर्फ चाहिँ स्ट्याण्डर्ड चार्टर्डले लिड गरेको देखिन्छ ।  बैंकहरुले प्रकाशित गरेका आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरणमा यस्तो देखिएको हो । 

लाभांश क्षमताको हिसाबले सबैभन्दा अगाडि एभरेष्ट बैंक देखिएको छ । उसले समीक्षा वर्षका लागि २९.८६ प्रतिशतको लाभांश क्षमता बनाएको छ ।  

यस्तै, दोश्रो स्थानमा स्ट्याण्डर्ड चार्टर्ड छ, जसको लाभांश क्षमता २६.५ प्रतिशत छ ।  

तेश्रो स्थानमा रहेको कृषि विकास बैंकको लाभांश क्षमता १७.३७ प्रतिशत रहेको छ ।  

चौथो स्थानमा रहेको नवील बैंकको लाभांश क्षमता १४.२६ प्रतिशत रहेको छ ।  

पाँचौ स्थानमा नेपाल एसबीआई बैंक र सानिमा बैंक रहेका छन् । यी दुवै बैंकको लाभांश क्षमता १० प्रतिशत रहेको छ ।  

२० वाणिज्य बैंकमध्ये चारवटाले समीक्षा वर्षका लागि कुनै लाभांश बाँड्ने छैनन् । ती बैंकहरु एनआईसी एशिया, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा र कुमारी बैंक हुन् ।  

यसैगरी, प्रतिसेयर आम्दानीको हिसाबले भने केही फरक दृश्य देखिएको छ । सबैभन्दा अगाडि स्ट्याण्डर्ड चार्टर्ड रहेको छ, जसको इपीएस ३५ रुपैयाँ ९ पैसा रहेको छ ।  

दोश्रो स्थानमा ३१ रुपैयाँ ४५ पैसासहित एभरेष्ट बैंक छ भने २६.०९ रुपैयाँ इपीएससहित नवील तेश्रो स्थानमा छ ।  

कृषि विकास बैंक २४.७५ रुपैयाँ इपीएससहित यो सूचीमा चौथो स्थानमा छ भने पूर्ण सरकारी स्वामित्वको राष्टिय वाणिज्य बैंक २१.७३ रुपैयाँ इपीएससहित यो लिस्टको पाँचौ स्थानमा छ ।  

सबैभन्दा कम इपीएस कुमारी बैंकको ८.८ रुपैयाँ रहेको छ । एनआईसी एशिया, सिटिजन्स बैंकबाहेक अन्य बाँकी सबै वाणिज्य बैंकको इपीएस डबल डिजीटमा छ ।  

715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
४५ अर्बको सेयर आउँदै