जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • रिलायन्स स्पिनिङ मिल्सको सक्कल कागज पेश गर्न धितोपत्र बोर्डलाई पाटन अदालतको आदेश

रिलायन्स स्पिनिङ मिल्सको सक्कल कागज पेश गर्न धितोपत्र बोर्डलाई पाटन अदालतको आदेश

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ विवादको अर्को सुनुवाई असोज २ गते हुने भएको छ । उच्च अदालत पाटनले धितोपत्र बोर्डलाई रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा सक्कल कागज पेश गर्न आदेश दिदैं असोज २ गतेका लागि सुनुवाई राखेको छ । निवेदक हरिबहादुर केसीले दिएको निबेदनमा अदालतले यस्तो आदेश दिएको हो ।  

धितोपत्र बोर्डले रिलायन्स स्पिनिङलाई गत असार १२ गते बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न स्वीकृति दिएको थियो । उक्त स्वीकृति के आधारमा दिएको हो ? भनि अदालतले धितोपत्र बोर्डसँग सक्कल कागज माग गरेको छ । यस अघि धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई रिलायन्स स्पिनिङ मिल्सको विषयमा सूचना दिन समेत अटेरी गरेको थियो ।  यससँगै रिलायन्स स्पिनिङ मिल्सको विवादास्पद बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशनको विषय झनै पेचिलो बनेको छ ।  

कम्पनीले अस्वभाविक मूल्य तोकेर आईपीओ निष्काशन गर्ने विषयको तीव्र विरोध भएपछि अन्तिम अवस्थामा आईपीओ निष्काशन स्थगन भएको थियो ।  

त्यसपछि धितोपत्र बोर्डले यो विषयमा थप अध्ययन भएको दाबी गरेको थियो । बोर्डले थप अध्ययन गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)लाई प्रतिवेदन दिई थप अनुसन्धान गर्न भनेको थियो ।  

धितोपत्र बोर्डले आफूले प्रतिवेदन दिंदा रिलायन्सको आईपीओ निष्काशन तथा स्वीकृतिको प्रक्रियामा कुनै कैफियत नभएको प्रतिवेदन दिएपछि सीआईबीले समेत सोही प्रतिवेदनलाई सदर गर्दै थप अनुसन्धान आवश्यक नरहेको निष्कर्ष निकालेको थियो । धितोपत्र बोर्ड र सीआईबीको पछिल्लो निष्कर्ष नै शंकास्पद देखिए पछि लगानीकर्ताहरु अदालत पुगेका छन् ।  

कम्पनीले गत माघ १० गतेदेखि माघ १४ गतेसम्म योग्य संस्थागत लगानीकर्ताका लागि बुक बिल्डिङ विधिमार्फत ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्काशन गरेको थियो । सेयरको बिक्री मूल्यको सीमा ६०८ देखि ९१२ रुपैयाँ निर्धारण गरिएको थियो ।  

कम्पनीले दोस्रो चरण अन्तर्गत सर्वसाधारणलाई कट अफ मूल्य अर्थात ९१२ मा १० प्रतिशत घटाएर प्रतिकित्ता रु.८२०.८० मा आईपीओ जारी गर्ने तयारी गरेको थियो ।

कम्पनीले बुक बिल्डिङमार्फत हाल कायम चुक्तापूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्कासनको अनुमति पाएको छ । कुल निष्काशनमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्टाइएको थियो ।  

410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका