जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • गरिमा क्यापिटलको दशैं अफर, डिम्याट र मेरो सेयर खाता खोल्दा स्मार्ट वाच

गरिमा क्यापिटलको दशैं अफर, डिम्याट र मेरो सेयर खाता खोल्दा स्मार्ट वाच

गरिमा क्यापिटल लिमिटेडले दशैंतिहारलाई लक्षित गरी नयाँ याेजना सार्वजनिक गरेकाे छ ।

योजनाअन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरो सेयर खाता खोल्दा लक्की ड्रमार्फत भाग्यशाली ३ जना ग्राहकले स्मार्ट वाच जित्न सक्ने जनाइएकाे छ ।

यसका लागि असोज १ गते देखि कात्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरो सेयर खाता खोल्नु पर्नेछ ।

ग्राहकहरूले यो अफरअन्तर्गत खाता खोल्न काठमाडौंकाे कमलपोखरीस्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालय र गरिमा क्यापिटल लिमिटेडको वेवसाइटबाट पनि खाेल्न सक्नेछन् ।

यससम्बन्धमा थप जानकारी बैंककाे वेबसाइट तथा फाेन नम्बरबाट प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ ।

साथै गरिमा क्यापिटलले आउँदै गरेकाे दशैंतिहार तथा छठ पर्वकाे उपलक्ष्यमा शुभकामना पनि व्यक्त गरेकाे छ ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका