जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • दुर्गा प्रसाईको पक्राउपछि मिडियामा आए लघुवित्त ‘विरोधी’ मनिराम

दुर्गा प्रसाईको पक्राउपछि मिडियामा आए लघुवित्त ‘विरोधी’ मनिराम

दुर्गा प्रसाई पक्राउ परेपछि लघुवित्त खारेजी चाहने लघुवित्त तथा वित्तिय शोषण विरुद्दको संघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवाली मिडियामा आएका छन्। आफु र प्रसाईको सहकार्य र संस्थागत एकता देख्न नसकेर अहिलेको सरकारले दुर्गा प्रसाईलाई समातेको उनले आरोप लगाएका छन्। 

आफुहरु आन्दोलनको कार्यक्रमबारे छलफल चलाउदै गर्दा दुर्गा प्रसाईलाई समातिएको भन्दै मानव बेचबिखन गर्नेहरुलाई संरक्षण गर्नलाई सरकारले दुर्गा प्रसाईलाई पक्राउ गरेको उनको आरोप छ। 

आफुलाई समेत काभ्रेबाट पक्राउपुर्जी जारी गरेर पक्राउ गर्न खोजिएको तर आफु धरौटीमा छुटेको बताउदै ज्ञवालीले आफुलाई पक्राउ गर्नलाई कुनै मुद्दा लगाउने प्रयासमा सरकार रहेको आरोप उनले लगाए। 

मङ्सिर ७ गतेदेखिको आन्दोलनको कार्यक्रम घोषणा भईसकेपनि सरकारको अहिलेको क्रियाकलापले मङ्सिर ७ पर्खनु नपर्ने उनले बताए। असोज ६ गतेदेखि नै सुरु भएको विरोध कार्यक्रम अब देशब्यापी रुपमा अघि बढ्ने उनले बताए।  ज्ञवालीकाअनुसार असोज ६ गतेदेखि नै राजमार्ग र उपत्यकाका मार्ग बन्द गर्ने, जुलुस गर्ने लगायतका बिरोधका कार्यक्रम सुरु हुनेछन। 

लघुवित्त विरोधी आन्दोलनको नेतृत्त्व गरिरहेका ज्ञवाली नेपालका लघुवित्तहरु खारेज हुनुपर्ने भन्दै बिभिन्न किसिममा माग राखेर पछिल्लो ३३ महिना देखि आन्दोलनका कार्यक्रम चलाईरहेका छन्। ज्ञवाली गुल्मी दर्बार गाउँपालिकामा माओवादी पार्टीको कोटाबाट वडा अध्यक्षमा उठेका थिए भने पछिल्लो निर्वाचनमा समानुपातिक सांसदमा समेत प्रस्तावित थिए। 

1820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका