जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकले प्रयोगमा ल्याएको नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्डका यस्ता छन् विशेषता

सिटिजन्स बैंकले प्रयोगमा ल्याएको नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्डका यस्ता छन् विशेषता

डिजिटलाइजेसनमा एग्रेसिभ बन्दै गइरहेको सिटिजन्स बैंकले पछिल्लो समय कार्ड लेस भर्चुअल क्रेडिट कार्ड प्रयोगमा ल्याएको छ। बैंकले नेपालमा पहिलो पटक भर्चुअल क्रडिट कार्ड प्रयोगमा ल्याएको हो।

भौतिक क्रेडिट कार्डको प्रयोग अपेक्षाजनक रुपमा बढ्न नसकेपछि बैंकले भर्चुअल क्रेडिट कार्ड प्रयोगमा ल्याएको हो। यसअघिको क्रेडिट कार्ड प्रयोगका लागि स्वाइप मेसिन अनिवार्य हुनेमा भर्चुअल कार्ड क्यूआर कोडमार्फत प्रयोग गर्न सकिन्छ। ग्राहकले फोनपेको क्यूआरमार्फत भुक्तानी गर्न सकिने सुविधा छ।

के हो भर्चुअल क्रेडिट कार्ड?

ग्राहकको बैंक खातामा पैसा नभए तापनि भर्चुअल क्रेडिट कार्डमा भुक्तानी गर्न सकिने सुविधा हुन्छ। यो कार्ड ग्राहकको मोबाइल बैंकिङमा आवद्ध हुन्छ। भर्चुअल कार्ड ग्राहकको मोबाइल बैकिङको फिचरमा ‘एड’ गरिएको हुन्छ। यो फोनपेको क्यूआर भएका सबै ठाँउमा भुक्तानी सुविधासहितको कार्ड हो।

भर्चुअल क्रेडिट कार्ड कसरी लिने?

भर्चुअल क्रेडिट कार्ड लिने प्रकृया भौतिक क्रेडिट कार्ड लिए जस्तै हो। प्रक्रिया एकै किसिमको हो। तर, क्रेडिट कार्ड भौतिक हो भने भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकसँग आवद्ध फिचर हो।

सिटिजन्स बैंकको भर्चुअल कार्डका लागि आवेदन दिएको २ दिनभित्र ग्राहकको मोबाइल बैंकिङ फिचरमा भर्चुअल कार्ड अप्सन आउँछ। अप्सनमा गएर ग्राहकले ‘अप्लाइन नाउ’मा गइ ट्रम एण्ड कन्डिसन फलो गरी रजिष्टर गर्नुपर्छ।

ग्राहकले सम्पूर्ण प्रकृया पूरा गरेर लिमिट अप्रुभ भइसकेपछि बैंकले मोबाइल बैंकिङमा कार्ड उपलब्ध गराउँछ। ग्राहकले आफ्नो इच्छा अनुसार भुक्तानी गर्न सक्छन्। भिजा कार्डमा महिनाको अन्तिममा स्टेटमेन्ट आउँछ भने भर्चुअल कार्डमा मोबाइलबाट स्टेटमेन्ट हेर्न सकिन्छ। भुक्तानी अवधि ४५ दिनको हुन्छ।

भौतिक कार्डका लागि दैनिक ५/७ वटा आवेदन आउने गरेकामा भर्चुअल कार्डका लागि दैनिक ५०/६० वटा रिक्वाइस्ट आउने गरेको बैंकले जनाएको छ।

क्रेडिड कार्ड होल्डरले कसरी लिने भर्चुअल कार्ड ?

खातावाल, ऋण लिइसकेकका र फिक्स्ड डिपोजिट भएका ग्राहकले भर्चुअल कार्ड लिन सक्ने बैंकले जनाएको छ। ग्राहकले सिटिजन्स बैंकको मोबाइल बैंकिङमा भर्चुअल कार्डमा गएर ‘अप्लाइ नाउ’ थिचेर रजिष्टर गरी भर्चुअल क्रेडिड कार्डको सेवा लिन सक्नेछन्।

बैंकमा खाता नभएका ग्राहकले कसरी लिने भर्चुअल कार्ड ?

सिटिजन्स बैंकमा खाता नभएका ग्राहकले भर्चुअल क्रेडिड कार्डको सुविधा लिन सबैभन्दा पहिले बैंकमा खोल्नु पर्छ। त्यसपछि मोबाइल बैंकिङ अनिवार्य हुन्छ। मोबाइल बैंकिङ सुरु गरिसकेपछि ग्राकहले बैंकका जुनसुकै शाखाबाट पनि भर्चुअल क्रेडिट कार्डका लागि अवेदन दिन सक्छन्।

मासिक आम्दानीको विवरण पेस गरेपछि बैंकले लिमिट सेट गर्छ। मासिक आम्दानीको डेढ गुणासम्म लिमिट हुने बैंकले जनाएको छ। यो भनेको कुनै व्यक्तिको मासिक आम्दानी ५० हजार रुपैयाँ छ भने उसले ७५ हजार रुपैयाँको लिमिट पाउँछ।

पहुँचमा के फरक ?

भौतिक कार्ड भिजा कार्ड हो। भिजाले जारी गर्ने यो कार्ड स्वाइप मेसिनमा मात्रै चल्छ। मर्चेन्टहरूले हालसम्म ५० देखि ५२ हजार स्वाइप मेसिन लिएका छन्। सुपर मार्केटहरूमा उपलब्ध रहेपनि साना तिना पसलमा राखेको देखिंदैन। जसले गर्दा क्रेडिट कार्ड लिमिट अनुसार प्रयोग भएको पाइँदैन। १ अर्बको लिमिटमा २० करोड भन्दा प्रयोग हुन सकेको छैन।

भर्चुअल कार्ड फोनपेको क्यूआर भएको जुनसुकै ठाँउमा प्रयोग गर्न सकिन्छ। हालसम्म फोनपेको क्यूआर देशका लभभग सबै ठाँउमा पुगेको छ। फोनपेका अनुसार १४ लाख मर्चेन्टसँग क्यूआरको एक्सेस छ। फोनपेको क्यूआर भएका सबै ठाँउमा सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्न मिल्छ।

शुल्क कति लाग्छ ?

सिटिजन्स बैंकले भर्चुअल क्रेडिट कार्डका लागि सदस्यता शुल्क ५०० रुपैयाँ कायम गरेको छ। साथै वार्षिक नवीकरण शुल्क ५०० रुपैयाँ लाग्ने बैंकले जनाएको छ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?