जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • बजारमा ६ खर्ब ६५ अर्ब, कति छ राष्ट्र बैंकको ढुकुटीमा पैसा ?

बजारमा ६ खर्ब ६५ अर्ब, कति छ राष्ट्र बैंकको ढुकुटीमा पैसा ?

भदौ मसान्तसम्ममा बजारमा ६ खर्ब ६५ अर्ब ३३ करोड रुपैयाँ परिचालन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत असारको तुलनामा बजारमा परिचालन भएको यो रकम १५ अर्ब रुपैयाँले कम हो ।

असार मसान्तसम्ममा भने बजारमा ६ अर्ब ८८ अर्ब ४ करोड रुपैयाँ परिचालन भएको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार भदौ मसान्तसम्ममा राष्ट्र बैंकको ढुकुटीमा ६ खर्ब १ खर्ब रुपैयाँ जगेडा छ । यो रकम भने गत असार मसान्तको तुलनामा करिब २८ अर्ब रुपैयाँले बढेको देखिएको छ ।

हालसम्म राष्ट्र बैंकको दायित्व २१ अर्ब ४४ अर्ब रुपैयाँको छ । दायित्व पनि गत असारको तुलनामा करिब एक खर्ब रुपैयाँले बढेको छ ।

राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार भदौ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा केन्द्रीय बैंकले ७ अर्ब ९२ करोड रुपैयाँ निक्षेप राखेका छन् । राष्ट्र बैंकमा सरकारको निक्षेप २ खर्ब ३८ अर्ब रुपैयाँ जम्मा भएको छ ।

220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका