जोडिनुहोस
बुधबार, अशोज ३०, २०८१
बुधबार, अशोज ३०, २०८१
  • होमपेज
  • प्रभु महालक्ष्मी लाइफको साधारणसभा सम्पन्न, लाभांश र हकप्रद प्रस्ताव पारित

प्रभु महालक्ष्मी लाइफको साधारणसभा सम्पन्न, लाभांश र हकप्रद प्रस्ताव पारित

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारणसभा आज (असोज २३) काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गरेको छ । त्यसैगरी हकप्रद शेयर संशोधन गरी बोनस शेयर वितरणपश्चात कायम पूँजीको ७ प्रतिशत हकप्रद निष्काशन गर्ने एजेण्डा पनि पारित भएको छ ।

सभाका लागि प्रस्तावित अन्य एजेण्डाहरू प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित भएको कम्पनीले जनाएको छ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज १६ गते एक दिन बुक क्लोज गरेको थियो । यसका आधारमा असोज १५ गतेसम्म कायम शेयरधनीहरूले कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका