जोडिनुहोस
बुधबार, पुस ३, २०८१
बुधबार, पुस ३, २०८१
  • होमपेज
  • पुषको लागि बैंकहरुको ब्याजदर सार्वजनिक

पुषको लागि बैंकहरुको ब्याजदर सार्वजनिक

कमर्शियल बैंकहरुले पुषदेखि लागू हुने ब्याजको दर सार्वजनिक गरेका छन्। अधिकांश बैंकहरुले मङ्सिरको ब्याजलाई निरन्तरता दिएपनि केहिले ब्याजदर परिवर्तन गरेका छन्।

मङ्सिरको तुलनामा पुषमा ब्याज बढाउनेमा प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक र एनएमबि बैंक रहेका छन् भने घटाउनेमा एनआईसी एशिया र नेपाल बैंक रहेका छन्।

प्राइमले व्यक्तिगत मुद्दति निक्षेपका लागि ब्याजदर ५.५० प्रतिशतदेखि ६.२५ प्रतिशतसम्म तोकेको छ भने एनएमबिले व्यक्तिगत निक्षेपको ब्याजदर ५.५७ प्रतिशतबाट बढाएर ६.६ प्रतिशत पुर्याएको छ। कृषि विकास बैंकले पनि ब्याजदरलाई ५.५३६३ प्रतिशतबाट ५.५७ प्रतिशतमा बढाएको छ।

त्यस्तै एनआईसी एशियाले व्यक्तिगत निक्षेपको ब्याजदर ६.७९ प्रतिशतबाट घटाएर ६.६ प्रतिशतमा झारेको छ। नेपाल बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदर ५.९५ प्रतिशतबाट ५.६ प्रतिशतमा र संस्थागत ब्याजदर ४.९५ प्रतिशतबाट ४.७ प्रतिशतमा झारेको छ।

त्यस्तै, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, प्रभू बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड र हिमालयन बैंकले मंसिरकै ब्याजदरलाई पुसका लागि पनि निरन्तरता दिएका छन् ।

पौष महिनाको लागि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजको दर औषतमा शुन्य दशमलब शुन्य ५ प्रतिशतले बढेर ५ दशमलब ९७ प्रतिशतबाट बढेर ६ दशमलब शुन्य २ प्रतिशत पुगेको छ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका