बैंकिङ्ग
कुमारी बैंकका ग्राहकले पाल्पाको लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा छुट पाउने
0 टिप्पणी

कुमारी बैंक लिमिटेडका ग्राहकले पाल्पाको लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडमा विशेष छुट पाउने भएका छन्।
बैंकले हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने बारे हस्पिटलसँग सम्झौता भएको जनाएको छ।
यस सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा ग्राहकहरूलाई ओपीडी टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आइसीयू, शल्यक्रिया तथा एक्स-रे/यूएसजीमा १० प्रतिशत र ल्याब टेस्टमा ५ प्रतिशतसम्म छुट प्रदान गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लखे छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार






































































