जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • लग्जरी कर र भ्याट फिर्ताका लागि दबाब दिन संगठित भए सुन चाँदी व्यवसायी

लग्जरी कर र भ्याट फिर्ताका लागि दबाब दिन संगठित भए सुन चाँदी व्यवसायी

विभिन्न मुलुकबाट सुन, साँदी र हीरा जवाहरात आयात गरी व्यवसाय गर्दैआएका व्यवसायीहरु संगठित भएका छन्। उनीहरु गोल्ड एण्ड सिल्भर इम्पोर्टस् एशोसिएसनको नामबाट संगठित भएका हुन् । यसअघि सुन चाँदीको क्षेत्रमा व्यवसाय गर्नेहरु नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभुषण महासंघ, नेपाल हस्तकला महासंघलगायतमा संगठित भएका काम गर्दै आएका थिए ।

संगठित भएको एशोसिएसनले आफूहरु संगठित भएको बिषयमा नेपाल राष्ट्र बैंकलाई जानकारी गराउँदै आगामी आर्थिक बर्षको बजेटको बिषयमा पनि ध्यानाकर्षण गराएको छ । एशोसिएसनले आयातकर्ता व्यवसायीको भावना विपरित चाँदीतर्फ आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गरेको गुनासो गरेका छन् । भारतको तुलनामा नेपालमा चाँदीको भन्सार शुल्क बढि भएकाले खुलेआम तस्करी भएको एशोसिएसनले औल्याएको छ । एशोसिएसनले चाँदीको तस्करी रोक्न भन्सार शुल्क ६ प्रतिशत कायम गर्नुपर्ने सुझाव दिएको छ ।

यस्तै व्यवसायीको हकमा कम्तिमा एक सय ग्रामसम्म सुन आयात गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ । सुनको अन्तर्राष्ट्रिय बजार मूल्य बढ्दै गएकाले १ किलोग्राम आयात गर्न लगानी जुटाउन असहज भएकाले कम्तिमा एक सय ग्राम पनि ल्याउन पाउने व्यवस्थाको माग गरिएको हो ।

सरकारले आगामी आर्थिक वर्षदेखि सुन तथा सुनको गहनामा लगाइएको बिलासिता कर खारेज गर्न पनि माग गरिएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन तथा सुनको गहनामा दुई प्रतिशत विलासिता कर, व्यवसायीले सुन खरीद गरी टुक्रा गरी ग्राहकलाई बेच्दा २ प्रतिशत र उक्त सुनको गरगहना बनाएर ग्राहकलाई बेच्दा २ प्रतिशत कर लगाउने व्यवस्था गरेको छ । यस्तै हिरा तथा पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि करसमेत खारेज गर्न एशोसिएसनले सरकारसँग माग गरेको छ । व्यवसायीहरुले बिहीबार न्यूरोडस्थित सुन चाँदी पसलहरु बन्द गरेर बिरोध जनाएका छन् ।

715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?