जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकले ल्यायो एम-स्मार्ट बचत खाता, बैंकमै नपुगी खाता खोल्न सकिने

माछापुच्छ्रे बैंकले ल्यायो एम-स्मार्ट बचत खाता, बैंकमै नपुगी खाता खोल्न सकिने

माछापुच्छ्रे बैंकले  अत्याधुनिक प्रविधिमा आधारित एम-स्मार्ट बचत खाता संचालनमा ल्याएको छ।

नयाँ सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर बैंकको मोबाईल बैंकिंग एप्लिकेसन एम-स्मार्टबाट माछापुच्छ्रे बैंकमा खाता खोल्न सक्ने छन्।

खाता खोल्नका लागि बैंकसम्म  पुग्नुपर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले नयाँ सुविधा संचालनमा ल्याएको हो।

माछापुच्छ्रे बैंकले ग्राहकलाई बैंकसम्म आउनु नै नपर्ने गरि मोवाइल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा मुद्दति निक्षेपको सुरक्षणमा सहज र सरल तरिकाबाट आफुले चाहेको समयमा लिन सक्ने गरि आफ्ना सेवा सुविधाहरुलाई डिजिटल माध्यममा रुपान्तरण गरिसकेको छ।

साथै बैंकको मोवाईल बैंकिङ्ग एप एमबीएल एम–स्मार्ट एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ-रजिष्ट्रेसन गर्न सकिने, मोवाईलफोनबाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै कर्जा लिन सकिने सुविधा छ।

साथै आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी क्युआर भुक्तानी गर्न मिल्ने , विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाहरु रहेको छन् ।

बैंकले एमबिएल एम–स्मार्ट लाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप मार्फत नवीतम सुविधाहरु थप्दै ल्याईरहेको छ।

1435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका