जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • हामीले नाफा मात्रै सोचेर व्यवसाय गरेका होइनौं, सेवालाई पनि महत्त्व दिएका छौं : आइएमई अध्यक्ष ढकाल

हामीले नाफा मात्रै सोचेर व्यवसाय गरेका होइनौं, सेवालाई पनि महत्त्व दिएका छौं : आइएमई अध्यक्ष ढकाल

आइएमईका अध्यक्ष चन्द्र ढकालले आफूहरूले नाफा मात्रै नभइ सेवा पनि सोचेर व्यवसाय गरेको बताएका छन्। उनले शुक्रबार कम्पनीको २५औं वार्षिकोत्सव कार्यक्रममा नाफाका लागि मात्रै व्यवसाय नगरेका कारण सबैबाट सहयोग पाउन सफल भएको बताए।

‘हामी मुद्राको कारोबारदेखि पर्यटन, जलविद्युत, डिजिटलाइजेसनसम्मका काममा सामेल भएका छौं। हामीले नाफाका लागि मात्र भनेर कुनै व्यवसाय सुरु गरेनौं। यसकारण नागरिकदेखि सरकारबाट सहयोग पायौं,’ उनले भने, ‘वास्तवमा त्यतिबेला निजी क्षेत्रलाई विदेशी मुद्राको कारोबार गर्न दिने कुरा आफैंमा महत्त्वपूर्ण थियो।’ ढकालले आगामी दिनमा पनि नाफामुखी मात्रै नभइ सेवामुखी भएर काम गर्ने बताए ।

उनले आइएमई स्थापनाको समय सम्झिंदै भने, ‘विदेशमा बस्नेहरूलाई पैसा नेपालमा पठाउन सहज वातावरण मिलोस् भनेर हामीले सामान्य ड्राफ्ट गरेर प्रस्ताव गरेका थियौं। त्यो बेलामा नेपाल राष्ट्र बैंकले निजी क्षेत्रलाई विश्वास गर्नु उदारीकरणको नीतिको नतिजा थियो।’

उनले सुरुमा महिनामा २० लाख डलर आइएमईमार्फत भित्र्याउन असम्भव जस्तै लाग्ने ठानेकामा अहिले कुल रेमिनेन्सको ५० प्रतिशत आफ्नो कम्पनीमार्फत भित्रिरहेको बताए। ‘रेमिटेन्स रकम सरकारले औपचारिक बाटोबाट ल्याउन खोजेको थियो। विदेशमा बस्नेले पनि पैसा पठाउने औपचारिक बाटो खोजीरहेका थिए । त्यो समयमा हामीले यो सेवा सुरु गरेका थियौं,’ उनले भने।

710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?