जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकद्वारा डोटीका विद्यार्थीलाई पोसाक हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा डोटीका विद्यार्थीलाई पोसाक हस्तान्तरण

मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा सामाजिक सहयोग कार्यहरु सम्पन्न गरेको छ।

बैंकले शिक्षालाई प्रोत्साहन दिँदै सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा रहेको बटालागाँउ, पूर्वीचौकी गाँउपालिका वडा नं. ५ स्थित श्री नवप्रभाव आधारभूत विद्यालयमा अध्ययनरत ८७ जना छात्र-छात्रालाई विद्यालय पोसाक उपलब्ध गराएको छ।

त्यस्तै, स्वास्थ्य क्षेत्रमा प्राथमिकता राख्दै बैंकले कर्णाली प्रदेश विरेन्द्रनगर-४, सुर्खेत स्थित प्रदेश अस्पताल सुर्खेतमा सहयोग स्वरुप १० थान ह्वील चेयरहरु प्रदान गरिएको छ। यसबाट स्वास्थ्य सेवा लिन आउने बिरामी र जेष्ठ नागरिकहरुलाई सहज हुने अपेक्षा बैंकले लिएको छ।

साथै, कोशी प्रदेशस्थित जिल्ला अस्पताल, धनकुटामा समेत बैंकले बिरामी तथा कुरुवाको सहजताको लागि ७ थान तीन सिटर कुर्सीहरु हस्तान्तरण गरेको छ।

बैंकले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस बाहेक स्वास्थ्य, वातावरण तथा वित्तीय साक्षरता लगायतका क्षेत्रहरुमा निरन्तर योगदान पुराउँदै आइरहेको जनाएको छ।आगामी दिनहरुमा समेत यस किसिमका गतिविधिहरुलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता बैंकको छ।

760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका