जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • स्मार्ट च्वाईस र सांग्रिला डेभलपमेन्ट बैंकबीच एससीटी-यूपीआई कार्ड सेवा विस्तार गर्ने सम्झौता

स्मार्ट च्वाईस र सांग्रिला डेभलपमेन्ट बैंकबीच एससीटी-यूपीआई कार्ड सेवा विस्तार गर्ने सम्झौता

स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच एससीटी–यूपीआई कार्ड सेवा सुरु गर्न सहमति भएको छ । गत असार १२ गते सांग्रिला डेभलपमेन्ट बैंकको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाईसका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले सम्झौता पत्र आदानप्रदान गरेका हुन् ।

यस सहकार्यपछि सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले सजिलै एससीटी–यूपीआई कार्ड प्राप्त गरी भुक्तानी कारोबारमा थप सहजता र सुरक्षा पाउनेछन् । हाल एससीटीले २३ बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारीमार्फत कार्ड सेवा दिँदै आएको छ । साथै स्मार्ट स्विच प्रणालीमार्फत एससीटी–यूपीआई कार्डसँगै भिसा, यूनियन पे, मास्टर कार्डजस्ता कार्ड पनि सहज रूपमा कारोबार गर्न मिल्ने व्यवस्था गरेको छ ।

एससीटीले नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किमका रूपमा दुई दशकदेखि सुरक्षित, सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको जनाएको छ ।

790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका