जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नबिल बैंकको खुद नाफा १५ प्रतिशतले बढ्यो

नबिल बैंकको खुद नाफा १५ प्रतिशतले बढ्यो

नबिल बैंकको खुद नाफा १५ प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ७१२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यो नाफा ६१९ करोड रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी धेरै बढेन भने पनि लोन लस प्रोभिजन घटेकाले नाफामा सकारात्मक प्रभाव परेको छ। खुद ब्याज आम्दानी अघिल्लो वर्ष १६३१ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १६३२ करोड रुपैयाँ पुगेको छ। लोन लस प्रोभिजन भने ४६३ करोडबाट घटेर २३९ करोड रुपैयाँ भएको छ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३४ पैसा रहेको छ भने वितरणयोग्य नाफा ४७७ करोड रुपैयाँ छ। यस आधारमा बैंकले गत वर्षको नाफाबाट प्रति सेयर १७ रुपैयाँ ६४ पैसा लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ।

निष्क्रिय कर्जा पनि सामान्य सुधार भएको छ। कुल कर्जामा निष्क्रिय कर्जाको हिस्सा ४.२७ प्रतिशत पुगेको छ जुन पहिले ४.४५ प्रतिशत थियो। बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ रहेको छ भने सेयर मूल्य ५२६ रुपैयाँ ३० पैसा छ।

1395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका