Sticky Breaking News
विकास बैंकहरुको खराब कर्जा डरलाग्दोः सबै भन्दा बढि नारायणी विकास बैंक सबैभन्दा कम कामना विकास बैंक !

नेपालक विकास बैंकहरुको खराब कर्जा डरलाग्दो मात्रै छैन चाहे तत्काल राष्ट्र बैंकले हस्तक्षेप गर्ने अवस्थामा पुगेको देखिन्छ । सबैभन्दा बढि खराब कर्जा नारायणी विकास बैंकको ५० प्रतिशत माथी देखिन्छ । कर्पोरेट विकास बैंकको १२ प्रतिशत पुगेको भेटिएको देखिन्छ । अर्को एक्सेल विकास बैंकले दर्जनौ तथ्य लुकाएर नाफा देखाए उसको खराब कर्जा ९ प्रतिशत माथी छ गभर्नर साब हेक्का होस् । तत्कालै यि चार बैंक माथी छानवीन होस् । गत आर्थिक वर्ष विकास बैंकहरुमा खराब कर्जाको दर बढेको देखिएको छ । अघिल्लो वर्ष औसत ७.७८ प्रतिशत रहेको खराब कर्जा दर, गत वर्ष ८.१४–८.४१ प्रतिशत विन्दुमा पुगेको छ । अधिकांश बैंकको खराब कर्जा दर बढेको भेटिएको देखिन्छ ।
समीक्षा वर्षमा नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा १०.८० प्रतिशत बढेर ५०.९७ प्रतिशत पुगेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको खराब कर्जा ६.९२ प्रतिशत बढेर १२.३६ प्रतिशत, ज्योति विकास बैंकको ५०.८५ प्रतिशत बढेर ७.९८ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ८.९२ प्रतिशत बढेर ६.७१ प्रतिशत, र सांग्रिला डेभलपमेन्ट बैंकको ४३.५१ प्रतिशत बढेर ५.६४ प्रतिशत पुगेको भेटिएको छ । त्यस्तै, महालक्ष्मी विकास बैंकको खराब कर्जा १९.४१ प्रतिशत बढेर ४.८६ प्रतिशत, लुम्बिनी विकास बैंकको ३८.२९ प्रतिशत बढेर ४.५५ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २३.६१ प्रतिशत बढेर ४.२४ प्रतिशत, र कामना सेवा विकास बैंकको ०.५९ प्रतिशत बढेर ३.३८ प्रतिशत पुगेको देखिन्छ ।
ग्रीन डेभलपमेन्ट बैंकमा भने खराब कर्जा ४.७१ प्रतिशत घटेर ३.३३ प्रतिशत विन्दुमा रहेको छ । मुक्तिनाथ विकास बैंकको खराब कर्जा सबैभन्दा कम २.७५ प्रतिशत रहेको देखिन्छ । विकास बैंकमध्ये केहीले खराब कर्जा घटाएका पनि छन् । मितेरी डेभलपमेन्ट बैंकको खराब कर्जा ६५.४३ प्रतिशत घटेर ०.२८ प्रतिशत, सिन्धु विकास बैंकको दर ६.०३ प्रतिशत, र गरिमा विकास बैंकको २.६८ प्रतिशत घटेर ४.७२ प्रतिशत कायम छ । विकास बैंकमा खराब कर्जाको बढ्दो दरले बैंकिङ क्षेत्रको जोखिम र नियन्त्रणका आवश्यकतालाई संकेत गरेको छ । गभर्नर साब हेक्का होस् ।

विकास बैंकहरुको खराब कर्जा यहि हिसाबले बढेर जाने हो भने भोलिका दिनमा विकास बैंकहरुको हालत पनि ‘कर्णाली विकास बैंक’ कै हुने प्रस्टै देखिन्छ । गभर्नर साब । सचेत भया ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































