जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • विकास बैंकहरुको नाफा ६ अर्ब मुक्तिनाथ विकास बैंक पहिलो, दोस्रो गरिमा विकास बैंक, तेस्रो साईन रेसुङ्गा बैंक, चौथो सांग्रिला डेभलपमेन्ट बैंक, एनपीएमा सबैभन्दा कम कामना सेवा विकास बैंक

विकास बैंकहरुको नाफा ६ अर्ब मुक्तिनाथ विकास बैंक पहिलो, दोस्रो गरिमा विकास बैंक, तेस्रो साईन रेसुङ्गा बैंक, चौथो सांग्रिला डेभलपमेन्ट बैंक, एनपीएमा सबैभन्दा कम कामना सेवा विकास बैंक

नेपालका विकास बैंकहरुको नाफा यस वर्ष ६ अर्बको छ भन्दा फरक पर्दैन । सबैभन्दा बढि नाफा नेपालकै नम्बर १ बैंक मुक्तिनाथ विकास बैंकले छ भने दोस्रोमा दक्ष एवं अनुभवी सिइओ माधव प्रसाद उपाध्याय रहेको गरिमा विकास बैंकको छ । भने तेस्रोमा राष्ट्रिय स्तरको विकास बैंक साईन रेसुङ्गा विकास बैंकले नाफा कमाएको छ । चौथोमा सांग्रिला डेभलपमेन्ट बैंकले नाफा कमाएको देखिन्छ । दिनेश थकाली सिइओ रहेको कामना सेवा विकास बैंकको खराब बर्जा ३.३८ प्रतिशत सबैभन्दा कम छ भन्दा फरक पर्दैन । गभर्नर साब हेक्का होस् ।

विकास बैंकहरूले नाफा २२.३२ प्रतिशतले बढाएका छन् । गत आर्थिक वर्ष २०८१÷८२ मा विकास बैंकहरूले ५ अर्ब ९० करोड रुपैयाँ नाफा गरेका हुन् । अघिल्लो वर्ष विकास बैंकहरूको नाफा ४ अर्ब ८३ करोड रुपैयाँ थियो । ब्याज आम्दानीसँगै कर्जा नोक्सानी घट्दा विकास बैंकहरूको नाफा बढेको हो । गत वर्ष विकास बैंकहरूले २१ अर्ब ५६ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् । अघिल्लो आर्थिक वर्षमा उक्त आम्दानी २० अर्ब ७३ करोड रुपैयाँ थियो । भन्दा फरक पर्दैन ।

राष्ट्र बैंकको सहुलियतले प्रोभिजनिङमा सुधार हुँदा विकास बैंकहरूको कर्जा नोक्सानी घटेको छ । गत वर्ष २० करोड कर्जा नोक्सानी घटेको छ । नाफामा सुधार हुँदा वितरणयोग्य मुनाफा ३ अर्ब ८६ करोड पुगेको देखिन्छ । विकास बैंकहरूको खराब कर्जा भने थोरै बढेको छ । अघिल्लो वर्ष ४.७३ प्रतिशत रहेको खराब कर्जा बढेर ५.०१ प्रतिशत पुगेको छ । यसले राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचनाको सुविधाले प्रोभिजनिङ घटेर नाफामा सुधार भएपनि ऋण असुली अझै प्रभावित रहेको देखाउँछ ।
गत वर्ष राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा पुनर्संरचना र असल वर्गमा वर्गीकरण भएको कर्जाको नोक्सानी घटाउँदा त्यसको फाइदा विकास बैंकहरूलाई पुगेको देखिन्छ ।
यो पनि हेरौं ।


अघिकांश बैंकहरू लाभांश बाड्ने क्षमतामा देखिएका छन् । वित्तीय विवरण सार्वजनिक गरेका १२ मध्ये १० वटा बैंकले लाभांश बाड्न सक्ने क्षमतामा छन् । भन्दा फरक पर्दैन । त्यसैगरी, ३ विकास बैंकहरूको वितरणयोग्य मुनाफा भने ऋणात्मक छ । विकास बैंकहरूले न्यूनतम ८.१३ प्रतिशतदेखि अधिकतम २०.७५ प्रतिशत लाभांश क्षमता देखिन्छ । भन्दा फरक पर्दैन । सचेत भया ।

1340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?