जोडिनुहोस
बुधबार, माघ १, २०८२
बुधबार, माघ १, २०८२

ऋण लिन ब्याजदर कहाँ सस्तो?

वाणिज्य बैंकहरूको औसत आधार दर (बेस रेट) ५.९६ प्रतिशतमा आएको छ। घटेको निक्षेपको ब्याजदरले लागत कम हुँदै वाणिज्य बैंकहरूको आधार दर घटेको हो।

ऋणको माग नभएर लगानीयोग्य रकम प्रणालीमा थुप्रिएपछि बैंकहरूले निक्षेपसँगै ऋणको ब्याजदर पनि आक्रामक रुपमा घटाएका छन्। यद्यपि, अहिले वाणिज्य बैंकहरूको निक्षेपको औषत ब्याजदर ४.१९ प्रतिशतमा आएको छ।

पछिल्लो २ वर्षयता वाणिज्य बैंकहरूले घटाउँदै आएको निक्षेपले लागत कम भई आधार दर घट्दै गएको हो। निक्षेपको लागत कम भई आधार दर घटेर कर्जा सस्तिँदै आइरहेको छ।

योसँगै पुराना ऋणी र नयाँ लिनेहरूलाई कर्जा ब्याजदर कम हुन् थालेको छ‌।

भदौमा २ वटा वाणिज्य बैंकको आधार दर ५ प्रतिशत तल झरेको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर ४.६८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४.८० प्रतिशतमा झरेको छ। भदौमा सातवटा वाणिज्य बैंकको आधार दर भने ५ देखि ६ प्रतिशतमा छ।

आधार दर घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरूले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन्। तर, पछिल्लो समय निक्षेपको वृद्धि अनुरुप कर्जा बढ्न नसकेपछि बैंकहरूले आधार दरमा ०.२५ प्रतिशत प्रिमियम कायम गरी कर्जा दिन थालेका छन्।

ऋणको माग नभएपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। त्यही भएर बैंकको लागत घट्दा आधार दर कम हुँदै आइरहेको हो। घर तथा गाडी कर्जाको ब्याज दर निक्कै सस्तो भइसकेको छ।

२०८२ भदौमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर सबैभन्दा कम छ भने सबैभन्दा धेरै एनआईसी एशिया बैंकको ७.०४ प्रतिशत छ। बैंकहरूको लागत घटेर कम भएको आधार दरले कर्जा सस्तिँदै गइरहेको छ। अहिले कर्जाको औषत ब्याजदर ७.८५ प्रतिशतमा आएको छ।

705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?