जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • माछापुच्छ्रे बैंकले तीन अर्बको अग्राधिकार सेयर जारी गर्ने

माछापुच्छ्रे बैंकले तीन अर्बको अग्राधिकार सेयर जारी गर्ने

माछापुच्छ्रे बैंकले २७औं वार्षिक साधारण सभा असोज १० गतेका लागि तय गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारण सभाको मिति र त्यसका एजेण्डा तय गरेको हो।

बैंकले साधारण सभामा ६ वटा समान्य र ५ वटा विशेष प्रस्ताव पेस गर्दैछ। सञ्चालक समितिले निर्णय गरे बमोजिम चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पेस हुनेछ।

लाभांश वितरण प्रयोजनका लागि बैंकले भदौ २७ गते बुक क्लोज तोकेको छ। बुक क्लोजअघि कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन्।

सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहका तर्फबाट रिक्त सदस्य पदमा साविक सञ्चालकको बाँकी कार्यकालसम्मका लागि गरिएको नियुक्ति अनुमोदन गरिने बैंकले जनाएको छ।

बैंकले अंकित मूल्य १०० रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ‘८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने तालिका छ। बैंकले अधिकृत पुँजी १५ अर्बबाट २० अर्ब रुपैयाँ पुऱ्याउने भएको छ।

1665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका