नव उद्यम कर्जा"/> महालक्ष्मी बैंकको वैदेशिक रोजगारबाट फर्केका नेपालीको लागि नव उद्यम कर्जा | Aathikbazarnews.com महालक्ष्मी बैंकको वैदेशिक रोजगारबाट फर्केका नेपालीको लागि नव उद्यम कर्जा – Aathikbazarnews.com
जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • महालक्ष्मी बैंकको वैदेशिक रोजगारबाट फर्केका नेपालीको लागि नव उद्यम कर्जा

महालक्ष्मी बैंकको वैदेशिक रोजगारबाट फर्केका नेपालीको लागि <span style=नव उद्यम कर्जा" class="lazy">

महालक्ष्मी विकास बैंकले वैदेशिक रोजगारबाट फर्केका नेपालीको हकमा आर्कषक ब्याजदरमा नव उद्यम कर्जा सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुसँग व्यवसाय सञ्चालन गर्न आवश्यक सीप, अनुभव र केही रकम बचत समेत हुने तर पर्याप्त लगानीको अभावको कारणले आफुले चाहेको व्यवसाय गर्नबाट वञ्चित व्यक्तिहरुलाई लक्षित गर्दै नव उद्यम कर्जा सञ्चालनमा ल्याएको हो ।

कृषि, ब्यापार, सेवा तथा उत्पादनमा आधारित विभिन्न व्यवसाय सञ्चालन गरी उद्यमशीलता विकास गर्न सकिने अभिप्रायका साथ सञ्चालनमा ल्याइएको यस्तो कर्जा प्रतिस्पर्धी व्याजदरमा उपलब्ध गराइनेछ ।

यस प्रकारको कर्जामा १० लाखदेखी १ करोडसम्म सीमा रहने छ । कर्जाको अवधी न्यूनतम २ वर्ष देखी अधिकतम १५ वर्ष सम्म रहनेछ । यो कर्जा स्कीमबाट नेपाल फर्र्किएका युवाहलाई आत्मनिर्भर बनाउन, स्वदेशमै रोजगारी सिर्जना गर्न, उद्यमशिलता विकास गर्न, विप्रेषण मार्फत आउने रकमको सही सदुपयोग गर्न तथा समग्र देशको आर्थिक विकासमा टेवा पु¥याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । नेपाल मै रहेका व्यतिmहरुले समेत साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालन तथा विस्तार गर्न विभिन्न कर्जा शिर्षक अन्तर्गत यस्तो सुविधा उपभोग गर्न सक्नेछन् ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर करिब ८ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।

435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका