जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • जीवन बीमक संघको अध्यक्ष प्रवीण रमण पराजुली

जीवन बीमक संघको अध्यक्ष प्रवीण रमण पराजुली

जीवन बीमक संघ नेपालको अध्यक्ष प्रवीण रमण पराजुली चयन भएका छन् । भदौ २९ गतेमा काठमाडौंमा सम्पन्न छैठौं वार्षिक साधारण सभाले सर्वसम्मत रूपमा पराजुलीलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

पराजुली नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका वर्तमान प्रमुख कार्यकारी अधिकृत हुन् । संघको विधान अनुसार गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रकाश विक्रम खत्री (सूर्यज्योति लाइफ), सचिवमा नारायण लोहनी (रिलायबल नेपाल), कोषाध्यक्षमा दिनेश लाल श्रेष्ठ (एशियन लाइफ) र सदस्यहरुमा मनोजलाल कर्ण (हिमालयन लाइफ), सुन्दर पन्थी (राष्ट्रिय बीमा संस्थान) र प्रणय कुमार (एलआइसी नेपाल) रहेका छन् ।

संघको नयाँ कार्यसमितिले आफ्नो कार्यकालमा नेपाली बीमा क्षेत्रको विकास, बीमा सचेतना अभियान, जीवन बीमा कर्मचारीहरूको क्षमता अभिवृद्धि एवं हकहित संरक्षण, बीमा सेवाको सर्वसुलभ विस्तार, बीमित हितका विविध कार्यक्रम तथा नीति निर्माण तहमा गर्नु पर्ने प्रभावकारी भूमिकाहरुमा क्रियाशील रहने प्रतिबद्धता जनाएको छ ।

सभामा संघका सदस्यहरू तथा विभिन्न बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा जीवन बीमा क्षेत्रमा देखिएका हालका चुनौतीहरू, सम्भावना र संघको भावी रणनीति बारे छलफल गरिएको थियो ।

1355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका