जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • कुमारी बैंकको नयाँ निक्षेप योजना सार्वजनिक, हरेक खातामा एउटा रुख रोपिने

कुमारी बैंकको नयाँ निक्षेप योजना सार्वजनिक, हरेक खातामा एउटा रुख रोपिने

कुमारी बैंकले ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ । ‘एक खाता एक रुख’ सिद्धान्तमा आधारित यो योजना अन्तर्गत खोलिने हरेक खाता बापत एक रुख बैंकका तर्फबाट रोपिने बैंकले जनाएको छ । बैंकका अनुसार प्रत्येक निक्षेपकर्ताहरूको पर्यावरण संरक्षण तथा प्रवर्द्धनमा अप्रत्यक्ष रूपमा सहभागिता रहनेछ।

ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट खोल्दा साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत अधिक ब्याजदर, एक लाखसम्मको बीमा सुविधा, दुई वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा, दुई लाखसम्मको फोनलोन सुविधा (योग्यताअनुसार) पाइने बैंकका दिगो बैकिङ विभागका प्रमुख अर्पण पौडेलले जानकारी दिए ।

यस योजनाबाट संकलन हुने निक्षेपलाई दिगो विकास प्रवद्र्धन गर्ने, पर्यावरणलाई सकरात्मक प्रभाव सृजना गर्ने क्षेत्रमा कर्जा प्रवाह गर्ने तथा प्रत्येक खाताबापत एक रुख रोप्ने भएकोले यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो प्रभाव सृजना हुने उनले बताए । सबै शाखाहरूमा यो योजना उपलब्ध गराएको बैंकले जनाएको छ ।

इच्छुक ग्राहकहरूले बैंकको वेबसाइट वा नजिकको शाखामा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने जनाइएको छ । विगत २४ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्नो ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ ईकाईहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

1420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्