जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेपाल बैंकको ७५ करोड कर्जा फस्यो अध्यक्ष अर्यालले दिए राजिनामा !

नेपाल बैंकको ७५ करोड कर्जा फस्यो अध्यक्ष अर्यालले दिए राजिनामा !

सरकारको ५१ प्रतिशत लगानी रहेको नेपाल बैंक लिमिटेडमा ७५ करोड कर्जा डुब्ने भएको छ भन्दा अब फरक पर्दैन । गोल्छा अर्गनाइजेशनलाई नेपाल बैंकले दिएको सो कर्जा अहिले ४ अर्बको हाराहारीमा पुगेको छ । ७२ करोड कर्जाको साँवा, व्याज र जरिवाना गरि ४ अर्ब पुग्दा समेत तत्कालीन एमाले सरकारले नियुक्त गरेका एमाले कार्यकर्ता एवं नेपाल बैंकका सीइओ कृष्ण बहादुर अधिकारीले कर्जा उठाउन कुनै चासो नदेखाएको फेला परेको छ । सीइओ अधिकारीले कर्जा उठाउनको साटो गोल्छा अर्गनाईजेशन प्रवन्ध निर्देशकहरुलाई बोलाई मोलमोलाई गर्ने गरेको फेला परेको छ । नेपाल बैंककै उच्च स्रोतका अनुसार सीइओ अधिकारीले ७५ करोड कर्जामा अरु २० करोड साँवा ब्याज दिन जरिवाना पूरै छुट दिने र यस वापत २५ करोड आफूलाई दिन आग्रह गरेको भेटिएको छ ।

कहाँ छ राष्ट्र बैंक किन बोल्दैन । तत्कालीन एमालेको सरकारलाई करोडौं बुझाएर सरकारी बैंक नेपाल बैंकको सीइओ बनेका अधिकारी अहिले उठाउतिमा लागि परेको एक सञ्चालकले पंक्तिकारसंग बताए । सीइओ अधिकारीले ब्याज स्याज र जरिवाना छुट दिने नेपाल बैंकको सञ्चालक समितिलाई समेत कन्भिस गराई मोटो रकम लिने दाउमा रहेका ती सञ्चालकले दाबी गरे । भनिन्छ गोल्छा अर्गनाइजेशनलाई डेढ दर्शक अगाडी दिएको ७५ करोड कर्जा अहिले आएका ४ अर्ब पुगेको छ तर, नेपाल बैंकको नेतृत्व समालेका सीइओ अधिकारी उक्त कर्जा उठाउन लागि परेको देखिदैन, सम्पत्तीनै लिलामी गर्न पनि तयार छैनन् । कारण हो ऋणीसंग पैसाको मोलमोलाई भन्दा अब फरक पर्दैन गर्भनर साब हेक्का होस् । दिवाकर गोल्छाले दिएको सो कर्जा अंशवण्डा हुँदा उनीकै नाममा आएको थियो । उनीको निधन भएको छ । उनीका दुई छोरा हितेश र हिमांशु गोल्छा छन् ।

नेपाल बैंकका सीइओ अधिकारी एमाले कार्यकर्ता भएको र ऋणीद्वय दाजुभाइ पनि एमालेमै प्रवेश गरेका कारण धितो लिलामी गर्न सीइओ अधिकारीले चासो नदेखाएको एक सञ्चालकले पंक्तिकारसंग बताए । नेपाल बैंकमा चर्को वेथिती बढेसंगै बैंकका अध्यक्ष सुमन राज अर्यालले राजीनामा दिएका छन् । सीइओ अधिकारी कमाउ धन्दामा लागेपछि बदनाम हुने डरले अध्यक्ष अर्यालले राजीनामा दिएको भेटिएको छ । गर्भनर साब हेक्का होस् । गोल्छा अर्गनाइजेसनले नेपाल बैंकबाट लिएको ७५ करोड रुपैयाँ कर्जा फसेको छ भन्दा अब फरक पर्दैन ।

यी दुई छोरालाई पटक÷पटक बैंकमा बोलाएर सीइओ अधिकारलिे पैसाकै मोलमोलाई गरेको देखिन्छ । नेपाल बैंकका सीइओ अधिकारी एमाले कार्यकर्ता भएको र ऋणीद्वय दाजुभाइ पनि एमालेमै प्रवेश गरेका कारण धितो लिलामी गर्न सीइओ अधिकारीले चासो नदेखाएको एक सञ्चालकले पंक्तिकारसंग बताए । नेपाल बैंकमा चर्को वेथिती बढेसंगै बैंकका अध्यक्ष सुमन राज अर्यालले राजीनामा दिएका छन् । सीइओ अधिकारी कमाउ धन्दामा लागेपछि बदनाम हुने डरले अध्यक्ष अर्यालले राजीनामा दिएको भेटिएको छ । गर्भनर साब हेक्का होस् । गोल्छा अर्गनाइजेसनले नेपाल बैंकबाट लिएको ७५ करोड रुपैयाँ कर्जा फसेको छ भन्दा अब फरक पर्दैन । नवलपुरको गैँडाकोटस्थित भृकुटी कागज कारखानाको धितोमा सो कर्जा बैंकले दिएको भेटिएको छ ।

गोल्छा अर्गनाइजेसनले तत्कालीन समयमा सम्पूर्ण जग्गा जमिनसहित निजीकरणको प्रक्रियाअनुसार कारखाना खरिद गरेको भेटिएको छ गोल्छा अर्गनाइजेशनका तर्फबाट कारखाना सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिवाकर गोल्छाले लिएका थिए । गोल्छा अर्गनाइजेशनमा अशंबण्डा हुँदा उद्योगको स्वामित्व दिवाकर गोल्छाको नाममा आएको भेटिएको छ । अहिले दिवाकरको भने निधन भइसकेको छ ।

२०६७ सालमा व्यवस्थापन पक्षले एकलौटी ढंगले सूचना टाँस गरी बन्द भएको कारखाना हालसम्म पनि सञ्चालन हुन सकेको छैन । साथै, सञ्चालन हुने कुनै आधार र संकेत पनि देखिएको छैन । तर, नेपाल बैंक उक्त धितो लिलाम गरि गएर कर्जा उठाउन सक्दैन कारण के हो गर्भनरसाब ? गोल्छा अर्गनाइजेसनले शुरुवाती समयमा लिएको ऋण पछिल्लो डेढ दशकयता तिरेको छैन । भन्दा फरक पर्दैन । गोल्छा अर्गनाइजेसनले तत्कालीन समयमा सम्पूर्ण जग्गा जमिनसहित निजीकरणको प्रक्रियाअनुसार कारखाना खरिद गरेको भेटिएको छ गोल्छा अर्गनाइजेशनका तर्फबाट कारखाना सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिवाकर गोल्छाले लिएका थिए । गोल्छा अर्गनाइजेशनमा अशंबण्डा हुँदा उद्योगको स्वामित्व दिवाकर गोल्छाको नाममा आएको भेटिएको छ । अहिले दिवाकरको भने निधन भइसकेको छ । दिवाकरका दुई छोरा हितेश र हिमांशु गोल्छा छन् । उनीहरुले दिवाकर गोल्छाको नामबाटै दिवाकर गोल्छा क्रप नामको ग्रुपको स्थापना गरेका छन् । जुन ग्रुप मातहतमा अहिले हुलास स्टील सञ्चालन भइरहेको देखिन्छ । ऋण लगानीकर्ता नेपाल बैंकका अनुसार त्यो बेला उद्योगलाई बैंकले ७५ करोड रुपैयाँ ऋण दिएको थियो । डेढ दशकदेखि गोल्छा अर्र्गनाइजेशनले यसको साँवा र ब्याज तिरेको छैन । अहिले जरिवाना गर्दा ४ अर्ब रुपैयाँभन्दा बढी रकम बैंकलाई तिर्न छ भन्दा पनि फरक पर्दैन । भृकुटी कागज कारखानालाई नेपाल बैंकको नेतृत्वमा तत्कालिन औद्योगिक विकास निगम (अहिलेको वाणिज्य बैंकमा मर्ज भएको संस्था) र कर्मचारी सञ्चय कोषले ऋण दिएका देखिन्छ ।

नेपाल बैंकका अध्यक्ष सुमनराज अर्यालले राजीनामा स्वीकृत भएको छ । अर्थ मन्त्रालयले अर्यालको राजीनामा स्वीकृत गरेको हो ।नेपाल बैंकमा सरकारको ५१ प्रतिशत स्वामित्व छ । त्यसैले व्यवस्थापनमा पदाधिकारी चयन सरकारी तजबिजमा निर्भर छ । अर्यालले २०७८ भदौ १० देखि बैकको अध्यक्षता गर्दै आएका थिए । उनी अर्थ मन्त्रालयका तर्फबाट सञ्चालक पदमा नियुक्त भएर बैंकमा आएका थिए । महालेखा नियन्त्रक रहिसकेका अर्याल अर्थ मन्त्रालयका सचिव हुन् ।

अध्यक्ष अर्यालद्वारा राजीनामा
नेपाल बैंकमा बेथिती बढेपछि बैंकका अध्यक्ष अर्यालले राजीनामा दिएको पंक्तिकारसंग बताए । नेपाल बैंकका अध्यक्ष सुमनराज अर्यालले राजीनामा स्वीकृत भएको छ । अर्थ मन्त्रालयले अर्यालको राजीनामा स्वीकृत गरेको हो ।नेपाल बैंकमा सरकारको ५१ प्रतिशत स्वामित्व छ । त्यसैले व्यवस्थापनमा पदाधिकारी चयन सरकारी तजबिजमा निर्भर छ । अर्यालले २०७८ भदौ १० देखि बैकको अध्यक्षता गर्दै आएका थिए । उनी अर्थ मन्त्रालयका तर्फबाट सञ्चालक पदमा नियुक्त भएर बैंकमा आएका थिए । महालेखा नियन्त्रक रहिसकेका अर्याल अर्थ मन्त्रालयका सचिव हुन् । उनले राष्ट्रिय योजना आयोगमा सहसचिव भएर पनि काम गरिसकेका छन् भने केन्द्रिय तथ्यांक विभागको महानिर्देशकको जिम्मेवारी पनि सम्हालिसकेका छन् । नेपाल बैंकको बेतिथिमा सीइओ अधिकारीलाई राष्ट्र बैंकका डिपुटी गर्भनर बम बहादुर मिश्रले साथ दिँदै आएको भेटिएको छ । सचेत भया । (राजतिलक साप्ताहिकको अंक ४७ वाट साभार गरिएको सामाग्री)

8415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका