जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • एभरेष्ट बैंकमा कर्मचारी आन्दोलन

आर्थिक विशेष

एभरेष्ट बैंकमा कर्मचारी आन्दोलन

एभरेष्ट बैंकमा कर्मचारी आन्दोलन

विभिन्न माग राखी एभरेष्ट बैंकमा कर्मचारी युनियनले आन्दोलन शुरु गरेको छ । सेवा सुविधा नबढाएको, आ–आफ्नो मान्छेलाई राम्रो ठाउँमा सरुवा गरेको, बैंक भित्र काम गर्ने वातावरण नभएको भन्दै बैंक कर्मचारी यूनियनले आन्दोलन चर्काएको हो ।

उच्च व्यवस्थापन टिममा भारतीय पञ्जाब नेशनल बैंकका कर्मचारीहरुको हाबी बढेसंगै नेपाली कर्मचारीहरुलाई हेपा प्रवृत्ती गरेको भेटिएको छ । गत ६ तारिकदेखि १० तारिक नेपाल भ्रमणमा आएका पञ्जाब नेशनल बैंकका कार्यकारी अध्यक्षको स्वागत गर्न होटल देखि बैंक सम्म सम्पूर्ण नेपाली कर्मचारीलाई विहान ७ बजेदेखि राती १० बजेसम्म खडेबाबा बनाएको एक कर्मचारीले बताए ।

केही दिन देखि शुरु कर्मचारी आन्दोलन भए पनि राष्ट्र बैंकले एभरेष्ट बैंक सुधारमा कुनै पहल गरेको छैन ।
एभरेष्ट बैंकमा बैंकका सदाबहार अध्यक्ष विके श्रेष्ठको पारिवारिक शेयर बैंकमा छ । हुँदै नभएको होटलको नाममा, छोरीको नाममा समेत शेयर राखेर विकेले ५०% भन्दा बढी शेयर राखी लुट मच्चाए पनि राष्ट्र बैंक मौन छ । कारण के हो ? यसको उत्तर अब गर्भनर डा.चिरनजीबी नेपालले दिनु जरुरी देखिन्छ ।

8800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका