जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको जनचेतना मूलक कार्यक्रम

महालक्ष्मी विकास बैंकको जनचेतना मूलक कार्यक्रम

महालक्ष्मी विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना विभिन्न शाखाहरु मार्फत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको दरबारमार्ग शाखाले सरसफाई तथा बैकिङ्ग कारोबार सम्बन्धी जनचेतना मूलक कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ । “सफा सहर हामी सबैको रहर” भन्ने मूल नारा रहेको उक्त सरसफाई अभियान दरबारमार्ग क्षेत्रमा आयोजित रहेको थियो ।

काठमाडौँ महानगरपालिका वडा नं १ का वडा अध्यक्ष भरत लाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बैंकका प्रतिनिधिहरु, दरबार मार्ग स्थित महानगरीय प्रहरी वृतका प्रमुख विनोद घिमिरे, दरबारमार्ग विकास बोर्डका प्रतिनिधिहरु, वडा नं १ का प्रतिनिधिहरु तथा स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो ।

सरसफाई कार्यक्रम गर्नुका साथै बैंकका प्रतिनिधिहरुले सर्वसाधारणमाँझ बैकिङ्ग कारोबार सम्बन्धी जानकारी व्यक्त गरेका थिए । बैंकले आगामी दिनहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यहरु गर्ने प्रतिबद्धता जनाएको छ ।

6350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?